​राज्य तथा राजनीतिक दल Nepali Home / Nepali / ​राज्य तथा राजनीतिक दल
05
Mar
2018 02:53
राज्य तथा राजनीतिक दल अलग–अलग प्रकृतिका निकाय हुन् । यी दुवैको काम, कर्तव्य, अधिकार र दायित्व बेग्लाबेग्लै हुन्छन् । तापनि कार्यक्षेत्र भने एकै स्थानमा निर्दिष्ट भएको हुन्छ । जुन राज्यमा राजनीतिक दल हुन्छ, त्यही राज्य त्यसको कार्यक्षेत्र हुन्छ । त्यस्तै, जुन राजनीतिक दलले राज्यलाई प्रभाव पारेको हुन्छ, त्यस राज्यको राज्यव्यवस्था पनि त्यसैले कायम गरेको हुन्छ । यद्यपि राज्यशक्ति एउटा शक्तिशाली संस्था हो, तर पनि राजनीतिक दलले भने त्यहाँ व्यवस्थापनको जिम्मा पाएको हुन्छ । अर्थात् राज्यभित्र राज्यव्यवस्था सञ्चालन गर्न भने राजनीतिक दलले विशेष भूमिका निर्वाह गरेको हुन्छ । यस दृष्टिकोणले विचार गर्दा राज्य र राजनीतिक दल बेग्लै निकाय देखिए तापनि कार्यक्षेत्र एउटै भएको प्रस्ट देखिन्छ ।

राज्य स्वयंमा शक्तिशाली संस्था भएको हुँदा राज्यले विशेष वैधता पाएको हुन्छ, जुन राजनीतिक दलले पाएको हुँदैन । वैधताका दृष्टिले राज्यभन्दा राजनीतिक दल अत्यन्तै कमजोर हुन्छ, तर पनि राजनीतिक दल नै राज्यव्यवस्थामा कब्जा जमाउन समर्थ भएको हुन्छ । फेरि अर्कोतर्फ राज्यशक्तिलाई बलियो वा कमजोर बनाउने काम राजनीतिक दलले गर्न सक्ने भएको हुँदा यी दुवैको सङ्क्षेपमा अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ । यस सन्दर्भमा राज्य र राजनीतिक दलको प्रकृति धेरै हदसम्म मिल्छ । राज्य र राजनीतिक दलका स्वभाव र आवश्यक तàवलाई हेरौँ ः

राज्य ः
१. राज्य एक स्वाभाविक समुदाय हो ।
२. राज्यलाई राजनीतिक समुदाय भनिन्छ ।
३. राज्य मानव–विकास तथा मानवहितका लागि स्थापित भएको हुन्छ । 
४. यो ठूलो वा सानो हुन सक्छ । 
५. यसले वैध शक्ति (ीभबनष्तष्mबतभ एयधभच) प्रयोग गर्छ । 
६. राज्यमा जनसङ्ख्या, भूमि, सरकार र सम्प्रभुता जस्ता चार तàवहरू समावेश भएका हुन्छन् ।

राजनीतिक दल ः 
१. राजनीतिक दल स्वाभाविक समुदाय हो । 
२. राजनीतिक दललाई राजनीतिक समुदाय भनिन्छ । 
३. राजनीतिक दल मानव–विकास तथा मानवहितका लागि स्थापना भएको हुन्छ । 
४. राजनीतिक दल सानो वा ठूलो हुन सक्छ । 
५. राजनीतिक दलले वैध शक्ति (ीभनष्तझबतभ एयधभच) प्राप्त गर्छ । 
६. राजनीतिक दलमा निश्चित सिद्धान्त, नेता, कार्यकर्ता र त्यस दलका अनुयायी जस्ता चार तàवहरू समावेश भएका हुन्छन् । 

यी माथि उल्लेख भएका राज्यको र राजनीतिक दलको स्वभाव र आवश्यक तàवहरू धेरैजसो मिलेको देखिन्छ । केवल अन्तको क्रमसङ्ख्या ६ मा मात्र फरक देखिन्छ । यस दृष्टिकोणले पनि राज्य र राजनीतिक दललाई बराबर महàव दिएर हेर्नुपर्ने हुन्छ । यसलाई खण्ड–खण्डमा विभाजन गरी हेरौँ ः 
 


माथिको वर्गीकरणले राज्य र राजनीतिक दलको स्वभाव र आवश्यक तàवलाई स्पष्ट देखाएको छ । मूलतः राजनीतिक दलका बारेमा अध्ययन हुनुपर्ने भएकाले राजनीतिक दलका चार तàव कति महàवपूर्ण रहेछन् भन्ने कुरा बुझ्न कोसिस गरौँ । 

राजनीतिक दल ः
यस अध्ययनका क्रममा राजनीतिक दलको चार आवश्यक तàवका बारेमा बुझ्नुपर्ने आवश्यकता देखिन्छ । ती हुन् ः
१. राजनीतिक दलको निश्चित सिद्धान्त,
२. राजनीतिक दल सञ्चालन गर्ने नेता,
३. राजनीतिक दललाई विकास गर्ने कार्यकर्ता,
४. राजनीतिक दललाई सघाउ पु¥याउने अनुयायी ।

यी माथिका चार तàवमा एक तàवको मात्र कमी भएमा राजनीतिक दल सार्थक रूपमा सञ्चालन हुन सक्तैन । यी चारै तàवले साथ दिएमा मात्र राजनीतिक दल पूर्ण हुन सक्छ । 


१. राजनीतिक दलको निश्चित सिद्धान्त ः
एउटा निश्चित सिद्धान्त लिएर राजनीतिक दल गठन भएको हुन्छ र हुनुपर्छ । विश्वको राजनीतिक क्षेत्रमा विभिन्न सिद्धान्तलाई अपनाएर राजनीतिक दलहरू देखापरेका हुन्छन् । यसरी देखिएका दलहरूमा परम्परावादी तथा आधुनिक प्रजातन्त्रवादी देखिएका छन् । आधुनिक प्रजातन्त्रवादीमा संसद्वादी, समाजवादी, साम्यवादी र उग्रसाम्यवादी आदि पर्दछन् । ती सबैले राजनीतिक दर्शनका आधारमा निश्चित सिद्धान्त प्रतिपादन गरेर समाजमा प्रस्तुत भएका हुन्छन् । ती सञ्चालित राजनीतिक दलको सिद्धान्तमा विचलन आउनु हुँदैन । 

२. राजनीतिक दल सञ्चालन गर्ने नेता ः 
राजनीतिक दल सञ्चालन गर्ने नेता नै त्यस दलको सिद्धान्त प्रतिपादन गर्ने मूल अगुवा हो । नेता सिद्धान्तवादी मात्र होइन, अनुशासित, त्यागी, निःस्वार्थी, नैतिकवान् एवं सदाचारी पनि हुनुपर्छ । यदि नेता स्वार्थी, अनैतिक एवं भ्रष्टाचारी भएको खण्डमा राजनीतिक दललाई मात्र नोक्सान हुने होइन, जुन राज्यमा त्यस्तो गैरजिम्मेवार नेता छन्, त्यो राज्यमा नै विप्लव हुन सक्ने सम्भावना हुन्छ । त्यसैले नेताको सद्गुणले नै राजनीतिक दल जनप्रिय हुन्छ र स्थायीत्व प्राप्त गर्न सक्छ । 

३. राजनीतिक दललाई विकास गर्ने कार्यकर्ता ः 
कुनै पनि राजनीतिक दलमा कार्यकर्ताको विशेष महàव हुन्छ । राजनीतिक दलमा कार्यकर्ता नै राजनीतिक दलको मुख्य अङ्गका रूपमा रहेका हुन्छन् । कार्यकर्ता नै राजनीतिक दलको मूल आधार हो । यसैको जगमा राजनीतिक दल खडा भएको हुन्छ । कार्यकर्ता सम्बन्धित राजनीतिक दलको सिद्धान्तको अनुयायी हुनुपर्छ तथा दललाई सुदृढ गर्न क्रियाशील भएको हुनुपर्छ । अर्थात् मानव–शरीर सञ्चालन गर्न शारीरिक अङ्गहरूको आवश्यकता परेजस्तै राजनीतिक दल सञ्चालन गर्न कार्यकर्ताको आवश्यकता पर्छ । कार्यकर्तामा विचलन आयो, स्वार्थी भयो, मौकाखोर भायो वा भ्रष्ट भयो भने राजनीतिक दललाई नोक्सान हुन सक्छ । त्यसैले राजनीतिक दलका कार्यकर्ता निष्ठावान्, अनुशासित, नैतिक एवं आचारयुक्त हुनुपर्छ । 

४. राजनीतिक दललाई सघाउ पु¥याउने अनुयायी ः 
अनुयायीको अर्थ कुनै पनि राजनीतिक सिद्धान्तको प्रतिपादन, विस्तार तथा विकासकार्यमा समर्पित व्यक्ति वा समूहलाई सम्झनुपर्छ । राजनीतिक दलको सिद्धान्त र घोषणापत्रलाई जनजनमा पु¥याउने र दलमाथि आकर्षण कायम गर्ने काममा कार्यकर्ताले गरेको कार्यमाथि विश्वास गर्दै राजनीतिक दलका अनुयायी तयार हुन्छन् । यदि राजनीतिक दलका अनुयायी भएनन् भने निर्वाचनमा राजनीतिक दलले विजय हासिल गर्न सक्तैन । त्यसैले राजनीतिक सिद्धान्त, राजनीतिक नेता र राजनीतिक कार्यकर्ताका साथै राजनीतिक सिद्धान्तको अनुयायी हुनु पनि आवश्यक छ । यी अनुयायीको जमातले नै राजनीतिक दललाई सत्तामा स्थापित गर्ने काम गर्छ । 

राजनीतिक दलमा चाहिने चार आवश्यक तàवका बारेमा माथि उल्लेख गरियो । राजनीतिक दलका यी सैद्धान्तिक पक्षमा विकासोन्मुख मुलुकका राजनीतिक दलमा माथि उल्लिखित तàवमा विचलन आउने गरेकै कारण ती मुलुकको राज्यव्यवस्थामा राजनीतिक अस्थिरता रहिरहने गरेको देखिएको छ । राजनीतिक अस्थिरताले मुलुक र जनताको उन्नति हुँदैन । त्यसैले राजनीतिक दललाई माथि उल्लिखित सिद्धान्तका आधारमा सञ्चालन गर्ने र गराउने व्यवस्था गर्नुपर्छ । 

विकासोन्मुख मुलुकहरूले उन्नति गर्न नसक्नुको मूल कारण नै राजनीतिक अस्थिरता हो । राज्यमा राजनीतिक अस्थिरता निम्त्याउने तàव नै राजनीतिक दलहरू हुन् । राजनीतिक दलका माथि उल्लिखित तàवमध्ये कुनै एकमा मात्र विचलन आयो भने त्यसले मुलुकको राजनीतिक वातावरणमा परिवर्तन ल्याउँछ । विकासोन्मुख मुलुकमा सञ्चालन भइरहेका राजनीतिक दलहरूमा आउन सक्ने विचलन पक्षलाई हेरौँ ः

राजनीतिक दलका विचलन पक्ष ः 

१. राजनीतिक दलका सैद्धान्तिक पक्ष ः
विकासोन्मुख मुलुकमा राजनीतिक दलको देखाउने एउटा सिद्धान्त हुन्छ भने व्यवहारमा अर्को सिद्धान्त देखिने गरेको पाइन्छ । सिद्धान्तभन्दा राज्यसत्ताका लागि राजनीति गर्ने प्रवृत्तिका कारणले गर्दा प्रायजसो राजनीतिक दलहरू आफ्नो घोषित सिद्धान्तमा अडिग भएको देखिँदैन । अझ निर्वाचनमा भाग लिन जाँदा सिद्धान्तका आधारमा घोषणापत्र तयार गरेर जनतासमक्ष गएका हुन्छन्, तर सत्तामा पुगेपछि घोषणापत्रमा घोषित नीतिको पालना दस प्रतिशत पनि गर्दैनन् । बहाना बनाउन र सर्वसाधारण जनतालाई झुक्याउन सिपालु त्यस्ता राजनीतिक दलले सिद्धान्तलाई सरलतापूर्वक पन्छाउने गर्छन् । 

२. राजनीतिक दलका नेताको दायित्व ः 
राजनीतिक दलका नेताको आचरणले नै दल सुदृढ हुन सक्छ । तर विकासोन्मुख मुलुकमा स्थापित प्रायः राजनीतिक दलका नेताहरू सत्तामोहमा परी राजनीतिमा संलग्न भएका देखिन्छन् । नेता नै पथभ्रष्ट भएपछि राजनीतिक दल पनि पथभ्रष्ट हुनु स्वाभाविक हो । सत्तामुखी राजनीति गर्ने नेता राष्ट्रको नेता हुन सक्तैन । राष्ट्रको नेता नभईकन राष्ट्र र जनताको उन्नति गर्न सक्तैन । त्यसैले भ्रष्ट नेता र बाहिरी मुलुकबाट सञ्चालित एवं सिद्धान्तहीन नेताको नेतृत्व रहेको राजनीतिक दलले राष्ट्र र जनताको हित गर्न सक्तैन । 

३. राजनीतिक दलका कार्यकर्ताको दायित्व ः 
राजनीतिक दलका कार्यकर्ताको दायित्व राजनीतिक दलका लागि महàवपूर्ण हुन्छ । तर विकासोन्मुख मुलुकहरूमा कतै काम नपाएपछि र आफ्नो व्यवसाय सञ्चालन गर्न नसकेपछि धेरै बाठा व्यक्तिहरू राजनीतिक सङ्गठनमा आबद्ध हुने गर्छन् । सिद्धान्तभन्दा नेताको सम्बन्धलाई बढी प्राथमिकता दिने व्यक्तिहरू राजनीतिक दलमा स्वयम्सेवी भई वा पारिश्रमिक लिएर कार्यक्रम सञ्चालन गर्छन् । पारिश्रमिक लिनेले राजनीतिक दलबाट हप्ता वा महिनाको पारिश्रमिक प्राप्त गरेका हुन्छन् । यिनीहरू साधारण जनतालाई आफ्नो राजनीतिक दलप्रति आकर्षण जागरण गर्ने–गराउने कार्य गर्छन् । निर्वाचनको समयमा भने यिनीहरूको मुख्य जिम्मेवारी हुन्छ । फकाएर होस्, प्रभावमा पारेर होस्, त्रास दिएर होस् वा पैसा खर्च गरेर होस्, जसरी पनि राजनीतिक दलका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका हुन्छन् । त्यस समयमा नीति, नैतिकता तथा सिद्धान्तको कुनै पनि कार्यकर्ताले अनुसरण गरेका हुँदैनन् । जसरी पनि आफ्नो दलको उम्मेदवारले निर्वाचन जितोस् भन्ने मनसायले लागेका हुन्छन्, जुन राजनीतिक कार्यकर्ताको दायित्व र व्यवहारभन्दा बाहिर पर्छ । 

४. राजनीतिक दलका अनुयायीको जिम्मेवारी ः 
राजनीतिक सिद्धान्तका अनुयायी भन्नाले सर्वसाधारण नागरिक समूह नै हुन् । ती नागरिकलाई राजनीतिक दलको सिद्धान्त, नेताको व्यक्तित्व र कार्यकर्ताको व्यवहारले आकर्षण गरेको हुन्छ । तर विकासोन्मुख मुलुकहरूमा भने त्यस्ता अनुयायी समूहले पनि निर्वाचनको समयमा विचलित हुँदै परिवर्तित रूपमा व्यवहार गर्ने गरेका हुन्छन् । राजनीतिक दलका नेता र कार्यकर्ताको सम्बन्धका आधारमा वा पैसाको प्रलोभनमा ती अनुयायीहरूले निर्वाचनमा भाग लिएका हुन्छन्, जो प्रजातन्त्रको नाममा हुने गरेको गलत क्रियाकलाप हो । 

विकासोन्मुख मुलुकहरूमा सञ्चालनमा आइरहेका राजनीतिक दलका अवस्थाका बारेमा हामीले बुझ्यौँ । अब यस्तो स्थितिलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ पनि विचार गर्नु आवश्यक भएको छ । राजनीतिक दलका चार आवश्यक तàवहरूकै आधारमा राजनीतिक दलहरूलाई नियन्त्रणमा राखी राजनीतिक दल सञ्चालन हुने विधि विस्तार गर्नुपर्ने देखिन्छ । 

राजनीतिक दलको उत्पत्ति राजनीतिक दल समावेश भएको प्रजातान्त्रिक व्यवस्थामा मात्र हुन्छ । एकदलीय वा बहुदलीय दुवै किसिमको राजनीतिक व्यवस्थालाई दलीय व्यवस्था नै भनिन्छ । एकदलीय व्यवस्था विश्वका कमै मुलुकमा मात्र सञ्चालनमा रहेका छन् । प्रायः धेरै मुलुकमा हाल बहुदलीय राजनीतिक व्यवस्था चलेको छ । विकसित मुलुकहरूमा कम राजनीतिक दलहरू क्रियाशील भएका देखिन्छन् भने विकासोन्मुख मुलुकहरूमा अत्यधिक राजनीतिक दलहरू क्रियाशील भएको देखिन्छ । जुन मुलुकमा बढी राजनीतिक दलहरू क्रियाशील छन्, ती मुलुकहरू आर्थिक र राजनीतिक रूपले कमजोर देखिएका छन् । अर्थात् आर्थिक उन्नतिमा कमी हुने तथा राजनीतिक अस्थिरता बढी कायम रहने देखिएको छ । यी सबै हुनुको कारण राजनीतिक दलको सिद्धान्तमा विचलन आउनु नै हो भन्ने देखिन्छ । राजनीतिक दललाई नियन्त्रणमा राख्नका लागि निम्नलिखित बुँदाहरूलाई राज्यले अख्तियार गरी नीति निर्माण गरेर लागू गर्नुपर्ने हुन्छ ः
१. राजनीतिक दलहरूमा सेवाभाव स्पष्ट हुनुपर्ने,
२. राजनीतिक दलले चन्दा असुल्न नहुने,
३. दलका नेता तथा कार्यकर्ताको सम्पत्ति विवरण पारदर्शी हुनुपर्ने,
४. बाहिरी मुलुकबाट घुसपैठ हुन नहुने
५. सहयोगमा एकद्वार प्रणाली लागू हुनुपर्ने,
६. निर्वाचन खर्चमा पारदर्शिता हुनुपर्ने,
७. निर्वाचनमा थ्रेसहोल्ड लगाउनुपर्ने, 
८. निर्वाचन प्रणाली कायम गर्नुपर्ने,
९. राज्यको प्रशासन हस्तक्षेपमुक्त हुनुपर्ने,
१०. नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने ।

१. राजनीतिक दलहरूमा सेवाभाव स्पष्ट हुनुपर्नेः
राजनीतिक दलका नेता तथा कार्यकर्तामा मुलुक र जनताको सेवा गर्छु भन्ने असल भावका साथ राजनीतिमा प्रवेश गर्ने–गराउने व्यवस्था गर्नुपर्ने देखिन्छ । राजनीतिक दल मुलुक र जनताको सेवा गर्छु भन्ने उद्देश्यले स्थापना हुने हुँदा सो उद्देश्य नै कायम रहनुपर्छ । 

२. राजनीतिक दलले चन्दा असुल्न नहुने ः
राजनीतिक दलले व्यवसायीहरूबाट चन्दा असुल्नु हुँदैन । विश्वका विकसित मुलुकहरूमा रहेका राजनीतिक दलले व्यापारी, उद्योगी र अन्य व्यवसायीसँग खुला चन्दा असुल्ने चलन छ । सो पूर्ण रूपमा बन्द हुनुपर्छ । त्यस्तै, विकासोन्मुख मुलुकहरूमा पनि चन्दा लिने नाममा धम्की र त्रास देखाएर चन्दा पनि असुल्ने चलन छ । राजनीतिक दल सञ्चालन गर्न वा चुनाव खर्चको नाउँमा चन्दा असुल्ने काम पूर्ण बन्द हुनुपर्छ । 

३. दलका नेता तथा कार्यकर्ताको सम्पत्ति विवरण पारदर्शी हुनुपर्ने ः
दलका नेता तथा कार्यकर्ताको सम्पत्ति विवरण प्रत्येक वर्ष राज्यमा जानकारी हुने व्यवस्था हुनुपर्छ । किनभने राजनीतिमा संलग्न व्यक्तिहरू व्यवसायी होइनन् । 

४. बाहिरी मुलुकबाट घुसपैठ हुन नहुने ः
मुलुकबाहिर कुनै राज्य वा निकायले राजनीतिक परिवर्तनका लागि वा धर्म–संस्कृतिको परिवर्तनका लागि घुसपैठ गर्ने गरेका हुन्छन् । खास गरी गरिब मुलुकमा यसरी बाहिरी घुसपैठ हुने गर्छ । त्यस्तो कार्य पूर्ण रूपले निस्क्रिय हुने व्यवस्था गर्नुपर्छ । 

५. सहयोगमा एकद्वार प्रणाली लागू हुनुपर्ने ः
बाहिरको मुलुक वा बाहिरका मुलुकहरूमा क्रियाशील गैरसरकारी संस्थाहरूबाट देशको कुनै पनि निकाय वा क्षेत्रलाई सहयोगस्वरूप सामान वा रकम सहयोग लिने–दिने काम भएको हुन्छ । तर कुनै अर्को मुलुक वा कुनै निकायबाट यस्तो सहयोग आएको छ भने एकद्वार प्रणालीमार्फत मात्र हुने व्यवस्था हुनुपर्छ । 

६. निर्वाचन खर्चमा पारदर्शिता ः
राजनीतिक दलले निर्वाचनका समयमा गरेको खर्च पूर्ण रूपले पारदर्शी हुने व्यवस्था गर्नुपर्छ । 

७. निर्वाचन थ्रेसहोल्ड लागू हुनुपर्ने ः 
विकासोन्मुख मुलुकहरूमा निर्वाचन थे्रसहोल्ड लागू नभएका कारणले गर्दा राजनीतिक दलहरूको उत्पत्ति तीव्र वृद्धि देखिएको छ । यसको नियन्त्रणका लागि निर्वाचनमा भाग लिँदा पाँच प्रतिशत मत प्राप्त नगर्ने दललाई अर्कोपटक निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गर्ने हो भने राजनीतिक दलको वृद्धिमा कमी आउँछ । यस प्रणालीले राजनीतिक व्यवस्थामा शुद्धता आउन सक्छ । 

८. निर्वाचन प्रणाली कायम गर्नुपर्ने ः 
निर्वाचन प्रणाली कायम गर्दा मुलुकका नागरिकको शिक्षा र आर्थिक अवस्थालाई हेर्नुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणाली वा अप्रत्यक्ष निर्वाचन प्रणाली, जुन प्रणाली कायम गर्दा मुलुक र जनताको भलाइ हुन्छ, त्यस्तो निर्वाचन प्रणाली कायम गर्नुपर्छ । बालिग मताधिकारको प्रयोग गर्न–गराउन शतप्रतिशत जनता राजनीतिक रूपले सचेत भएको हुनुपर्छ । अन्यथा बालिग मताधिकारको व्यवस्थाले स्वच्छ निर्वाचन प्रणालीलाई असर पार्छ । सर्वसाधारण जनताको शिक्षाको स्तर हेरेर मात्र निर्वाचन प्रणाली लागू गर्नुपर्छ ।

९. राज्यको प्रशासन हस्तक्षेपमुक्त हुनुपर्छ ः 
राज्यको प्रशासन हस्तक्षेपमुक्त हुनुपर्छ । जुन मुलुकको सेना, प्रहरी र निजामती सेवा राजनीतिक रूपले अतिक्रमित हुन्छ, त्यस्तो मुलुकमा प्रजातन्त्रले स्थायीत्व पाउन सक्तैन । त्यसैले राज्यको प्रशासन राजनीतिक दलको हस्तक्षेपबाट मुक्त राख्नुपर्छ । 

१०. नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने ः
धेरै मुलुकहरूमा राजनीतिक नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने कानुन नै निर्माण नगर्ने प्रचलन छ । राजनीतिक नेता तथा कार्यकर्तालाई अनुचित कार्य गरेको वा भ्रष्टाचार गरेकोमा कार्वाही गर्ने व्यवस्था हुनुपर्छ । 

उपर्युक्त तथ्यलाई बुझी प्रत्येक राज्यव्यवस्थाले राजनीतिक दललाई नियन्त्रणमा राख्ने विधि निर्माण गर्नुपर्ने देखिन्छ । राजनीतिक दलले राज्यव्यवस्था सञ्चालन गर्ने र राज्यव्यवस्थाले राजनीतिक दललाई ठीक किसिमबाट सञ्चालन गर्ने गरी परस्परमा नबाझिने किसिमबाट विधि निर्माण हुनुपर्ने र सोही विधिमुताविक दुवै पक्ष सञ्चालित हुन सक्ने व्यवस्था हुनुपर्नेछ । 

राजनीतिक दलको आचारसंहिताः
आचारसंहिता भनेको कुनै निकायलाई देश, काल, परिस्थितिसुहाउँदो असल आचारमा राख्नका लागि नीतिका, विधिका आधारमा बनाइने नियम हो । जुन क्षेत्र र वर्गका लागि आचारसंहिता बनाउनुपर्ने हो, सो क्षेत्र र वर्गलाई पूर्ण नियन्त्रणमा राख्न आचारसंहिता बनाइन्छ । राजनीतिक दललाई पनि आचारसंहिताको घेराभित्र राख्नु आवश्यक छ । विकसित मुलुक होस् वा विकासोन्मुख मुलुक होस्, त्यस देशमा सञ्चालन भएका राजनीतिक दलहरूलाई देशको अवस्थासुहाउँदो आचारसंहिता बनाउनुपर्छ । धेरै मुलुकहरूमा त्यस्तो आचारसंहिता भए पनि विकासोन्मुख मुलुकमा कमजोर आचारसंहिता भएका कारण राजनीतिक दलहरू मनपर्दो ढङ्गबाट चल्ने गरेको पाइएको छ । कानुनको अपहेलना गर्नु, नेता र कार्यकर्ताको हितमा सबै प्रकारको नीति निर्माण गर्नु, दलीय पक्षमा निर्णय लिनु जस्ता गैरकानुनी कामहरूलाई पनि राजनीतिक निर्णय भनेर मनपर्दो निर्णय गर्ने काम गरेर राजनीतिक दलले असल शासन–पद्धतिको उपहास गर्ने गरेका छन् । यस्तो कार्य पूर्ण रूपमा नियन्त्रण गर्न राजनीतिक दलका लागि कडाभन्दा कडा आचारसंहिता निर्माण गरी लागू गर्नुपर्ने हुन्छ । 

राष्ट्रवादिता ः
राजनीतिक दल पूर्ण रूपमा राष्ट्रवादी हुनुपर्छ । जुन मुलुकमा क्रियाशील राजनीतिक दल हो, त्यो राजनीतिक दल त्यसै मुलुकको राज्यव्यवस्था र जनताप्रति पूर्ण रूपमा जवाफदही हुनुपर्छ । किनभने राजनीतिक दल नै राज्यव्यवस्था सञ्चालन गर्ने अधिकारीका रूपमा स्थापित हुन्छ । राजनीतिक दल राज्यव्यवस्था र जनताप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ । त्यसैले राजनीतिक दल अन्तर्राष्ट्रिय वादी हुन सक्तैन र हुनु हुँदैन । यदि त्यस्तो भएमा राजनीतिक दलबाट त्यो मुलुक र जनता दुवै धोकामा पर्छन् । राजनीतिक सिद्धान्त अन्य मुलुकबाट आयात हुन सक्छ, तर त्यो मुलुकसँग सम्बन्ध र सरोकार राख्नु हुँदैन । जुन मुलुकमा राजनीतिक दल स्थापना भएको छ, त्यही मुलुक र जनताप्रति उत्तरदायी हुनुपर्छ । राजनीतिक दलका लागि यो सर्वमान्य सिद्धान्त हो । 

मिलिजुली सरकार खतरनाक हुन्छ ः
राजनीतिक दलले पूर्ण बहुमत प्राप्त गर्न नसकेको अवस्थामा एकभन्दा बढी राजनीतिक दल मिलिजुली सरकार गठन गरेर राज्यव्यवस्था सञ्चालन गर्दछन् । यस्तो किसिमको सरकार विकासोन्मुख मुलुकमा सञ्चालन हुन्छन् । त्यस्तो अवस्थामा सरकार अस्थिर हुनुका साथै राजनीतिक दलहरू मिलेर मुलुक र जनताका विकास र हितभन्दा सत्ता टिकाउने राजनीतिक तिकडमको खेल खेल्न गर्छन्, जसका कारणले जनता र मुलुक आर्थिक रूपले कमजोर हुँदै जान्छन् । राजनीतिक दलको सङ्ख्या कमभन्दा कम भएको खण्डमा बहुमतको सरकार गठन हुन सक्छ । त्यसैले मिलिजुली सरकार मुलुक र जनताका लागि खतरनाक सावित हुन्छ । 

बिद्रोहबाट जन्मिएको सरकार अल्पकालको हुन्छ ः
विद्रोहबाट जन्मिएको राजनीतिक दल अथवा सानो वा ठूलो विद्रोहबाट सङ्गठित भएको राजनीतिक दलको लामो भविष्य हँुदैन । त्यस्तो राजनीतिक दलले मुलुक र जनताको हित गर्न सक्तैन । विद्रोह त्यतिखेर जन्मन्छ, जतिखेर जनता अभावले सताइएका हुन्छन् र नकारात्मक प्रवृत्तिले समाजमा जरो गाडेको हुन्छ । विद्रोहबाट जन्मिएको राजनीतिक दलले मुलुक र जनताको हित गर्न सक्तैन । 

राजनीतिक दलको तानाशाही पक्ष ः
राजनीतिक दल आन्तरिक रूपमा तानाशाही प्रवृत्तिका हुन्छन् । त्यस्तो तानाशाहीपन बाहिर देखाउन मिल्दैन, तर विकासोन्मुख मुलुकमा भने राजनीतिक दलको तानाशाहीपन राजनीतिक दलभित्र जति चलेको हुन्छ, त्यति नै बाहिर पनि चलाउने कोसिस गर्छन्, जसका कारणले राजनीतिक दल अलोकप्रिय सावित हुन सक्छन् । विकासोन्मुख मुलुकमा त तानाशाही प्रवृत्तिको नाङ्गो रूप नै प्रदर्शन गर्छन् । यो राजनीतिक दलको दलीय सिद्धान्तको विरुद्ध हो । यसलाई नियन्त्रण गर्न राज्यव्यवस्थासँगै यथेष्ट कानुनी प्रावधान हुनुपर्छ । राज्यव्यवस्थामा राजनीतिक दललाई ठीक ढङ्गले सञ्चालन गर्ने विधिको निर्माण हुनुपर्छ । 

पद र पदाधिकारीको चयन ः
पद तथा पदाधिकारीको चयन गर्दा राजनीतिक भागबन्डा र नेताको नजिकको सम्बन्धका आधारमा पद तथा पदाधिकारीको चयन हुनु हुँदैन । तर विकासोन्मुख मुलुकमा योग्यता, कार्यक्षमता वा विज्ञतालाई हेर्ने गरेको पाइँदैन । नेताको नजिकको मान्छे, होमा हो मिलाउने मान्छे र विवेक–बुद्धिलाई प्रयोग नगर्ने तर चलाख खालका मान्छे राजनीतिक नेताका प्रिय सावित हुन्छन् । यस्तो अवस्था कायम रहिरहँदा देश र जनतालाई नोक्सानी पुग्न सक्छ । 

राज्य र राजनीतिक दलमा विभेदः
राज्य र राजनीतिक दलमा विभेद छ । राजनीतिक दल नै राज्यव्यवस्थामा प्रवेश गर्ने र राजनीतिक दलले नै राज्यव्यवस्था सञ्चालन गर्ने हो, तापनि राज्यको अन्तरनिहित निर्देशित सिद्धान्त हुन्छ, जो राजनीतिक दलको हुँदैन । त्यसैले यी दुई निकाय एकैजस्तो देखिए पनि बेग्लै प्रकृतिका हुन्, तर सफल राजनीतिक सिद्धान्तलाई अख्तियारी गर्ने हो भने यी दुवैको अन्तरनिहित सिद्धान्त एकै हुनुपर्छ । विश्वका कमै मुलुकमा मात्र राज्य र राजनीतिक दलको अन्तरनिहित सिद्धान्त मिलेको देखिन्छ । जुन मुलुकमा राज्य र राजनीतिक दलको अन्तरनिहित सिद्धान्त मिलेको छ, त्यो मुलुक र जनताले विकास गरेका छन् । तर जुन मुलुकमा राज्य र राजनीतिक दलको विभेद सिद्धान्त छ, त्यो मुलुक र जनताले उन्नति गर्न सकेका छैनन् । त्यस्ता मुलुकहरूमा सुधारको आवश्यकता छ । मूल रूपमा निम्नलिखित अत्यावश्यक तàवलाई पन्छाउन सकिन्न ः
१. राजनीतिक स्थिरता, 
२. राष्ट्रको उन्नति, 
३. राष्ट्रमा शान्ति कायम, 
४. राष्ट्र र जनताको सुरक्षा, 
५. मुलुक र जनताको आर्थिक वृद्धि ।

यी माथिका पाँच तàव राज्य र राजनीतिक दलका लागि अत्यावश्यक हुन्छन् । तर विकासोन्मुख मुलुकमा भने राजनीतिक दलका कमजोरीका कारण यी आवश्यक तàवहरूले उल्टो रूप धारण गरेको पाउँछौँ । 

सिद्धान्तवादी राजनीतिक दल र सिद्धान्तहीन राजनीतिक दलले राज्यव्यवस्थामा प्रवेश गर्दा निस्कने नतिजालाई यसरी वर्गीकरण गरेर हेर्न सक्छौँ ः
 


राज्यव्यवस्थाको सिद्धान्त एकै भएर पनि सञ्चालन गर्ने राजनीतिक दलको सिद्धान्तमा विचलन आउँदा ठीक उल्टो व्यवस्था सञ्चालन हुने रहेछ भन्ने कुरा बुझिन्छ । त्यसैले सिद्धान्तवादी राजनीतिक दल कसरी तयार गर्न सकिन्छ भन्ने नै यो भ्रष्टविरोधी शास्त्रको चिन्तन हो । मूलतः राजनीतिक दललाई नै राष्ट्रको निहित निर्देशित सिद्धान्तको आडमा दल सञ्चालन गर्न गराउन सक्ने किसिमको व्यवस्था हुनुपर्नेछ । यसका लागि राजनीतिक दललाई विधिले नियन्त्रण गर्दै विधिसम्मत चल्ने राजनीतिक संस्कृतिको विकास गर्नुपर्ने हुन्छ । राज्यको मूल सिद्धान्तको आडमा नै राजनीतिक दल चल्नुपर्ने देखिएको छ । 

मुलुकमा जति राजनीतिक दलको सङ्ख्या बढेको हुन्छ, देश र जनताहरू त्यसै अनुपातमा गरिब र शोषित हुन पुगेका हुन्छन् । त्यसैले राजनीतिक दल धेरै भएका देशहरू गरिब हुन्छन्, विकास रोकिएको हुन्छ र राजनीतिक अवस्था अस्थिर भइरहन्छ । 

कुनै पनि मुलुकमा जुनसुकै शासकीय स्वरूपबाट पनि राज्य सञ्चालन हुन सक्छ, तर राजनीतिक दलमा छाडापन भयो भने कुनै पनि राजनीतिक पद्धति स्थायी रूपमा लागू हुन सक्तैन । त्यसैले यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरूका निम्ति विशेष नीति लागू गर्नुपर्ने देखिन्छ । 

राजनीतिक दल ः 
कुनै पनि राजनीतिक दल दुई वर्गमा विभाजित भएको हुन्छ — पहिलो ः नेतृत्व वर्ग र दोस्रो ः कार्यकर्ता वर्ग । यी दुई वर्ग नै राज्यसत्ताका दावेदार हुन्छन् । कार्यकर्ता वर्ग नेतृत्वमा गएपछि नेता हुने र नेता भएपछि राज्यसत्तामा तुरुन्त पहँुच पुग्ने कारणले गर्दा नेता तथा कार्यकर्ता वर्गमा सत्ताप्राप्तिको होड भइरहने हुन्छ । यही सत्तालिप्साका कारण राजनीतिक दलभित्र गुट सिर्जना हुन्छ र गुटपछि फुट स्वाभाविक हुने हुँदा राजनीतिक दलको सङ्ख्या वृद्धि हुने गर्छ । यही नै राजनीतिक दलको खराब पक्ष हो । सेवाका लागि राजनीति हुनुपर्नेमा सत्ताका लागि राजनीति भएका कारणले साना तथा विकासोन्मुख मुलुकहरूका लागि राजनीतिक दल अभिशाप सावित हुन पुगेको छ । 

सुधारका पक्षहरू ः 
राजनीतिक नेताहरू दुई वर्गमा विभाजित गरी एक वर्ग दलको सिद्धान्तलाई प्रतिपादन गर्न नीतिनिर्माण गर्ने र त्यसको कार्यान्वयनका लागि निर्देशन गर्ने कार्य मात्र गर्दछ । अर्को वर्गले पहिलो वर्गको निर्देशन र सहयोगमा सत्ताप्राप्तिका लागि जनतामा जाने, चुनावमा भाग लिने र सत्तामा जाने काम गर्दछ । अर्थात् राजनीतिक दलभित्र सत्तामा जाने र नजाने वर्गलाई विभाजित गरेर राजनीतिक दल स्थापना गर्न सकियो भने दल फुट्ने कार्य रोकिनेछ र सत्तामा गएकाहरूको कार्यमूल्याङ्कन नजाने वर्गले गर्ने हुँदा शक्तिसन्तुलन भई राजनीतिक दल प्रभावकारी रूपमा सञ्चालन हुन सक्नेछ । यो सिद्धान्तलाई यसरी पनि हेर्न सकिन्छ 



दलका नीतिनिर्माता तथा सिद्धान्तप्रतिपादक समूहमा रहेका नेता वर्गमा सत्तामा जान नपाउने व्यवस्थाले राजनीतिक दलभित्र सेवामुखी भावना जागृत हुनेछ । किनभने दलमा संलग्न शीर्ष नेता नै सत्तामा जाने व्यवस्थाको अन्त भएको खण्डमा राजनीतिक नेताहरूको स्वार्थ एवं मनपरी निर्णय रोकिनेछ । यदि सत्तामा पुगेका नेता तथा जिम्मेवार व्यक्तिहरूले राज्यव्यवस्था र दलको अहित हुने कार्य गरेमा सत्तामा नजाने नेता समूहले पदीय दायित्वबाट हटाउन सक्नेछन् । यसबाट राजनीतिक दलको छविमा सुधार भई सेवामुखी कार्यको प्रारम्भ हुनेछ । 
 
© 2018 Anticorruption Movement Nepal , All right reserved
Powred By Purna Dangal