दबाब समूह
Nepali
05
Mar
2018 02:57
दबाब समूह भन्नाले कुनै पनि सरकार वा त्यसका अङ्गले व्यक्ति, समुदाय तथा समाजको अहित गर्ने कार्य गरेका वा गर्न खोजेका कार्यका विरुद्ध दबाब दिई त्यस्ता कार्यलाई सच्याउने वातावरण तयार गर्ने समूह हो भन्ने बुझ्नुपर्छ । अर्को अर्थमा दबाब समूह भनेको व्यक्तिहरूको यस्तो समूह हो, जो समान स्वार्थ या लाभका आधारमा आपसमा बाँधिएका हुन्छन् । यसरी आपसमा सङ्गठित हुँदै आएको उद्देश्यप्राप्तिमा क्रियाशील रहेका हुन्छन् । मुलुक र त्यस मुलुकमा सञ्चालित राजनीतिक पद्धतिअनुसार सानो वा ठूलो, प्रत्यक्ष वा परोक्ष रूपमा दबाब समूहहरू सङ्गठित भएका हुन्छन् । कुनै समूहले जनताको हित गरेका हुन्छन् भने कुनै समूहले सरकारलाई सघाएका हुन्छन् । तर हामीले यहाँ चिनाउन खोजेको दबाब समूह भने जनता र राष्ट्रलाई हित गर्ने दबाब समूह हो ।
प्रजातान्त्रिक व्यवस्थालाई अझ लोककल्याणकारी व्यवस्थाका रूपमा स्थापित गर्ने कार्यमा दबाब समूहले विशेष भूमिका निर्वाह गरेका हुन्छन् । विश्वका मुलुकहरूमा जहाँ–जहाँ प्रजातान्त्रिक व्यवस्थाले सफलता हासिल गरेको देखिन्छ, त्यहाँ–त्यहाँ रचनात्मक रूपमा स्थापित दबाब समूहले उत्कृष्ट कार्य गरेको पाइन्छ । त्यसैले सफल प्रजातान्त्रिक पद्धतिको विकास गर्न दबाब समूहको आवश्यकता पर्दोे रहेछ भन्ने कुरा बुझ्नुपर्छ । सफल राजनीतिक पद्धति सञ्चालन भएको मुलुकमा समाजको चेतनाको आधारमा दबाब समूह निर्माण भएका हुन्छन् । जति–जति समाज विकसित हुँदै जान्छ, दबाब समूहको सङ्ख्या र कार्यक्षेत्र पनि वृद्धि हुुँदै जान्छ । प्रजातन्त्रको असल पक्ष भन्नु नै निःस्वार्थ तथा रचनात्मक दबाब समूह निर्माण हुनु हो ।
कुनै पनि समाजमा व्यावसायिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय तथा प्रजातान्त्रिक आदि समूहहरू प्रत्यक्ष वा परोक्ष रूपमा क्रियाशील भएका हुन्छन् । ती समूहका भिन्नाभिन्नै स्वार्थ, आकाङ्क्षा र लक्ष्यहरू हुन्छन् । राजनीतिक वातावरण र आवश्यकताअनुसार ती समूहले सरकारका कुनै अङ्गमाथि दबाब दिन्छन् । ती समुदायलाई पनि दबाब समूह नै भनिन्छ । तर यहाँ उल्लेख गर्न खोजिएको दबाब समूह भने लोककल्याणकारी राजनीतिक व्यवस्थाको स्थापनाका लागि क्रियाशील हुन सक्ने दबाब समूह हो, जसले भ्रष्टाचार न्यूनीकरण गर्न मद्दत गर्छ ।
असल तथा रचनात्मक नीति लिएका र त्यसैअनुसार व्यवहार गर्न सक्ने दबाब समूहले नै असल प्रजातन्त्रको विकास गर्न सक्छ । वर्तमान समाजमा क्रियाशील दबाब समूहलाई निम्न प्रकारले वर्गीकरण गर्न सकिन्छ ः
१. रचनात्मक,
२. ध्वंसात्मक ।
१. रचनात्मक समूहको निर्माणका लागि समाजका चेतनशील नागरिकहरू स्वस्फूर्त रूपमा संलग्न भएर समूहमा सङ्गठित भएको हुनुपर्छ । यस्तो समूह सङ्गठित भएपछि यसले आफ्नो नीति र व्यवहार दुवैको कार्ययोजना स्पष्ट रूपमा बनाएर लागू गरेको हुनुपर्छ । तब मात्र यो समूह स्पष्ट रूपमा जनता र राष्ट्रका लागि हितकारी सावित हुन सक्छ । यस्तो सङ्गठित समूह कसैको अधिनमा हुँदैन, सदैव आफ्नो नीति र व्यवहारको अधिनमा रहन्छ ।
२. ध्वंसात्मक दबाब समूह विकासोन्मुख मुलुकमा सक्रिय भएका देखिन्छन् । यस्ता समूह कसैद्वारा प्रायोजित र निर्देशित हुन्छन् । जहाँ अर्थलाभ हुन्छ, त्यहाँ यस्ता समूह सङ्गठित हुन्छन्, अर्थात् यस्तो दबाब समूह राजनीतिक दलहरूले आफ्नो उद्देश्यप्राप्तिका लागि प्रयोग गरेका हुन्छन् । यो समूह आन्तरिक र बाह्य दुवैतर्फबाट सञ्चालन हुन सक्ने भएकाले यस्तो दबाब समूहले जनता र राष्ट्र दुवैको अहित गर्ने गरेका हुन्छन् ।
माथि उल्लेख भएका दबाब समूहमा रचनात्मक दबाब समूह मात्र हाम्रा लागि ग्राह्य हुनेछ । यस्ता रचनात्मक दबाब समूहहरूलाई पनि हामी निम्नलिखित रूपमा वर्गीकरण गरेर हेर्न सक्छौँ । यसरी हेर्दा मुख्यतया निम्न तीन वर्गलाई हेरौँ ः
१. उपभोक्ता समूह (ऋयलकगmभच न्चयगउ),
२. हित समूह (क्ष्लतभचभकत न्चयगउ),
३. राजनीतिक समूह (एयष्तिष्अब िन्चयगउ) ।
१. उपभोक्ता समूहले मूलतः दुई क्षेत्रलाई स्वीकार गरेको हुन्छ ः (क) आवश्यक वस्तुको आपूर्ति (ख) विकास तथा पूर्वाधारको तयारी ।
२. हित समूहले स्वीकार गर्नुपर्ने विषय हो ः (क) बालकल्याण, (ख) वृद्धवृद्धाको सेवा, (ग) महिलाको हकहित संरक्षण, (घ) असहायको हकहित स्थापना, (ङ) जातीय र सांस्कृतिक संरक्षण, (च) प्रजातिको संरक्षण आदि ।
(३) राजनीतिक समूह ः (क) राजनीतिक सिद्धान्तको चेतना अभिवृद्धि, (ख) राजनीतिक सिद्धान्तको अनुसरण गर्ने–गराउने वातावरणको तयारी ।
माथि उल्लिखित दबाब समूहलाई तलको चित्रतालिकाबाट पनि हेर्न सकिन्छ ।

माथि उल्लेख भएको तालिकाबाट तीन समूहको क्षेत्र निर्धारण भएको देखिन्छ । समूहगत रूपमा नै क्षेत्र र जिम्मेवारीलाई बुझ्न सकिन्छ । यसरी दबाब समूह निर्माण गरी प्रजातन्त्रको विकास गरेर राजनीतिक पद्धति स्थापित गर्न सकिन्छ ।
उपर्युक्त समूहहरूले दबाब सृजना गर्दा नीतिगत दबाब तथा व्यावहारिक दबाब दुई तरिकाले सम्बन्धित निकायलाई दबाब सिर्जना गरी त्यस निकायलाई आफ्नो स्थिति (क्ष्शभ) मा राख्न सक्नेछ भन्ने तथ्यलाई तलको चित्रतालिकाबाट हेर्न र बुझ्न सकिन्छ ः

दबाब समूहको कार्यसञ्चालनको तरिका र विधि सम्बन्धित मुलुकको कानुनअनुसार सञ्चालन हुनुपर्छ । सरकारको निर्माणविधि तथा तरिकाका आधारमा दबाब समूहले आफ्नो कार्यक्षेत्र तयार गर्न सक्नुपर्छ । एउटै दबाब समूहले पनि समय र त्यस देशको स्थितिअनुसार अलग–अलग कार्यविधिको निर्माण गर्न सक्छ । त्यसका लागि दबाब समूह अत्यन्तै चनाखो र सक्षम हुन सक्नुपर्छ । असल तथा रचनात्मक प्रकृतिको दबाब समूह नै भ्रष्टविरोधी शास्त्रले तयार गर्न खोजेको दबाब समूह हो । यस्तो किसिमको दबाब समूह निर्माण भएमा लोककल्याणकारी प्रजातान्त्रिक राज्यको स्थापना हुन सक्छ ।
तर दबाब समूहमा राजनीतिक रङ्ग लागेको छ भने दबाब समूह कमजोर हुन्छ, साथै बाह्य मुलुकबाट घुसपैठ भई दबाब समूह सञ्चालन भएमा पनि दबाब समूहको प्रभाव देश र जनताका लागि नकारात्मक सावित हुन सक्छ । त्यसैले दबाब समूहको निर्माण, कार्यनीति र क्रियाशीलतालाई राज्यको विशेष कानुनद्वारा निरीक्षण, अनुगमन र निर्देशन हुनुपर्ने हुन्छ । तब मात्र दबाब समूहले सकारात्मक कार्य गर्न सक्छ । अर्थात् दबाब समूहलाई सञ्चालन गर्न मुलुकको कानुन तदनुसार निर्माण हुनुपर्ने जति आवश्यकता छ, त्यति नै चेतनशील जनतामा पनि यसप्रतिको जिम्मेवारी बोध हुनु आवश्यक छ । यस्तो मुलुक र जनताको हित गर्ने दबाब समूह निर्माण गरी त्यसको स्थायीत्व प्रदान गर्न सक्ने वातावरण तयार गर्नुपर्छ । तब मात्र समाजमा भ्रष्टाचार शून्य सहनशीलताको अवस्था सिर्जना गर्न सकिन्छ ।