अध्ययन तथा संशोधन
Nepali
05
Mar
2018 02:35
भ्रष्टविरोधी शास्त्रको विश्वप्राज्ञिक यात्राका लागि यो प्रारम्भिक विन्दु हो । यो शास्त्र विचार, नीति, विधि तथा विधानद्वारा प्रस्तुत नवीन दर्शन हो, साथै अनेक आवश्यक सूत्र तथा तथ्यबाट प्रमाणित विज्ञान हो । वर्तमानमा यो भ्रष्टविरोधी शास्त्र पूर्ण छ, तापनि अध्ययन र संशोधनका दृष्टिले यो पूर्ण हुन सक्तैन । कुनै पनि विचार तथा दर्शन समयको आवश्यकतालाई बोध गर्दै जन्मेको हुन्छ । यो समयमा, यो शास्त्रको औचित्य र आवश्यकताको पुष्टि गर्दै भ्रष्टाचारविरुद्धको विज्ञानलाई आवश्यक नीति तथा सिद्धान्तले निर्माण गर्दै सामाजिक विज्ञानको घेराभित्र प्रवेश गराएर महàवपूर्ण स्थान ओगट्न पुगेको छ । भ्रष्टाचारविरोधी विज्ञानका रूपमा यो प्राज्ञिक क्षेत्रमा स्थापित भएको छ ।
प्रस्तावना, उद्देश्य र परिभाषालाई वैज्ञानिक रूपले परिभाषित गर्दै भ्रष्टाचारविरुद्धको विज्ञानका रूपमा स्थापित हुन सामाजिक विज्ञानका अतिरिक्त अन्य शास्त्र तथा विज्ञानहरूसँग स्पष्ट सम्बन्ध कायम राख्न यो समर्थ भएको छ । गुण तथा अवगुणको टिप्पणी, नीति तथा सिद्धान्तको व्याख्या, अध्ययन तथा शोधको महàवका बारेमा व्याख्या गर्दै अन्य शास्त्रको हारमा यो उभिन पुगेको छ । भ्रष्टाचार मनोरोग हो, यसको उपचार हुन सक्छ भनी उपचारको विधि–विधानलाई व्याख्या गर्दै यो प्रस्तुत भएको छ । यो शास्त्रले मानव–समस्याको समाधान गर्दै मानव–समाजको विकास गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित गरेको छ । सङ्क्षेपमा भन्नुपर्दा यो भ्रष्टविरोधी शास्त्र भ्रष्टाचारविरुद्धको विज्ञानका रूपमा पूर्ण छ । यो पूर्ण भएकै कारण यसले भ्रष्टाचारविरुद्धको अध्ययन–अध्यापनमा कार्य प्रारम्भ गर्न सक्छ । तर यो पूर्ण भएर पनि अपूर्ण नै छ । कारण समयको मागअनुसार यसको अध्ययन तथा शोधबाट संशोधन हुँदै जानुपर्ने निश्चय छ ।
आजको प्रारम्भिक आवश्यकता यसले पूर्ति गर्न सक्छ, तर समयको गतिले ल्याएको परिणामलाई यो भ्रष्टविरोधी शास्त्रले पनि स्वीकार गर्नु नै पर्छ । यो एक्काइसौँ शताब्दीको दोस्रो दशक हो । समयको द्रुत परिवर्तनलाई यसले सम्बोधन गर्न सकेन भने यसको सफलतामा बाधा–अड्चन आउन सक्छ । समयको गति समाजको स्थितिलाई परिवर्तन गर्दै जसरी अघि बढिरहेको छ, त्यही गतिमा यो भ्रष्टविरोधी शास्त्रले पनि आफूलाई समयानुकूल थपघट गर्दै समाजको गतिपरिवर्तनसँगसँगै हिँडाउन सक्नुपर्छ । त्यसका लागि अध्ययन, विश्लेषण र शोधकार्यलाई निरन्तरता दिँंदै संशोधनलाई स्वीकार गर्दै जानुपर्छ ।
यो भ्रष्टविरोधी शास्त्र स्वभावैले अध्ययनशील छ, परिवर्तनीय छ र संशोधनलाई आत्मसात गर्नमा क्षमतावान् छ । त्यसैले यो भ्रष्टविरोधी शास्त्रको अध्ययन, शोध, विश्लेषण तथा संशोधनलाई खुला राख्नुपर्छ । यसका लागि विद्वान्, अध्येता, समाजशास्त्री, अध्ययन संस्थान तथा प्राज्ञिक क्षेत्रबाट विशेष योगदान जुट्न र जुटाउन सक्नुपर्छ । साथैै, विश्वभर छरिएर रहेका शिक्षाक्षेत्रमा क्रियाशील विश्वविद्यालयहरूमा यो भ्रष्टविरोधी शास्त्रको अध्ययन, अनुसन्धान, विश्लेषण र शोधकार्य समयको मागअनुसार संशोधन गर्ने–गराउने वातावरणसमेत तयार गर्न सक्नुपर्नेछ । यसबाट मुलुक, मानव–समाज र समयको आवश्यकताअनुसार भ्रष्टविरोधी शास्त्र संशोधन भई मानव–समाजको विकासमा सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ भन्ने विश्वास लिइएको छ ।