भ्रष्टविरोधी शास्त्रको शिक्षानीति
Nepali
05
Mar
2018 02:47
मान्छे एउटा सामाजिक प्राणी हो । यो विश्वव्यापी सर्वमान्य कथन हो । यो सर्वमान्य परिभाषामाथि विचार गर्नुपर्ने भएको छ । मान्छे अन्य प्राणीसरह नै हो, तर मान्छे अन्य पशुसरह भने होइन । पशु र मान्छे भिन्न प्रकृतिको हो र हुनुपर्छ । तर धेरै विकासोन्मुख वा अविकसित मुलुकहरूका मान्छेहरू पशुसरह नै रहेको हामीले पाएका छौँ । शिक्षा अर्थात् ज्ञानले नै मान्छेलाई अन्य पशुभन्दा अलग रूपमा उभ्याइदिन्छ । त्यसैले मानिस र पशुका बीचको फरक शिक्षाले नै छुट्याउन सक्ने हुँदा मानव–समाजमा शिक्षानीतिको महàव बढेको हो ।
शिक्षानीतिको इतिहासलाई हेर्दा मानवसृष्टिसँगसँगै शिक्षानीति क्रमशः विकसित हुँदै आएको देखिन्छ । अक्षरको रचना नहुँदा र लेखनकलाको सृजना नहुँदा पनि यो मानव–समाजमा शिक्षानीतिले स्थान पाएको थियो । त्यसैले पनि मानव–विकासको इतिहासमा संस्कृति, सभ्यता र आध्यात्मिक ज्ञानको बलियो पकड रहेको हामीले बुझेका छौँ । तर त्यस्तो सभ्य एवं सुसंस्कृत मानव–सभ्यता विश्वका सबै स्थानमा र सबै युगमा एकैपटक आएको देखिएन । पृथक्–पृथक् समाजमा पृथक्–पृथक् युगमा त्यस्तो मानवोचित अवस्था आएकै कारण वर्तमानको मानव–सभ्यता प्रभावित भएको हो भन्ने हामीले अनुमान गरेका छौँ ।
यद्यपि लेखनकलाको थालनी हुनुभन्दा पनि पहिले ज्ञानलाई श्रुतिपद्धति तथा व्यावहारिक अभ्यासका माध्यमद्वारा ज्ञान एक मानिसबाट अर्को मनिसमा सार्ने र सारिने काम हुन्थ्यो । पछि लेखनकलाको प्रादुर्भाव भएपछि मानिसको ज्ञान तथा अनुभवको अभिलेख राख्ने कार्य भयो । आजको विकसित शिक्षाको इतिहासको प्रारम्भ बोली र व्यवहारबाट भएको देखियो । त्यसैले आधुनिक शिक्षाप्रणालीमा पनि बोली र व्यवहारको त्यत्तिकै महàवपूर्ण स्थान रहेको हो ।
असल शिक्षा विस्तारित भएको समाज नै असल तथा विकसित समाज कहलिन्छ । शिक्षानीतिलाई राम्ररी लागू गर्न सकेको खण्डमा मात्र समाजको विकास हुने निश्चित छ । समाज–विकासका लागि त्यस समाजको प्रत्येक सदस्य सक्षम हुनु आवश्यक छ । व्यक्तिको सक्षमताको मूल आधार नै शिक्षा हो । जुन व्यक्तिले जस्तो शिक्षा पाएको हुन्छ, उसको सक्षमताको प्रकृति पनि त्यसैअनुसार हुन्छ । त्यसैले समाजमा असल शिक्षा विस्तारित हुनुपर्छ भन्ने स्पष्ट छ ।
विश्वका सबै विकासोन्मुख एवं विकसित मुलुकहरूले शिक्षानीतिलाई मूल दायित्वका रूपमा स्वीकार गरी शिक्षानीति तर्जुमा गरेका हुन्छन्, तर धेरै मुलुकहरूमा शिक्षानीति सफल भएको पाइँदैन । शिक्षानीतिमै भएको कमी–कमजोरीका कारणले नै समाजमा बेथिति बढ्ने, भ्रष्टाचारी उत्पन्न हुने र आतङ्कवाद फैलिने भइरहेको हामीले अनुभव गरेका छौँ । यसरी मानवोचित शिक्षा प्रदान गर्न नसकेकै कारण समाज समस्याग्रस्त भएको देखिन्छ । शिक्षानीति सबल भएमा मात्र समाज व्यवस्थित ढङ्गबाट सञ्चालन हुन सक्छ । यो विषयलाई यहाँ सङ्क्षेपमा विस्तार गर्ने जमर्को गरिन्छ ।
वर्तमानका सबै किसिमका समाजमा भ्रष्टाचार सामाजिक समस्याका रूपमा देखापरेको छ । सानो वा ठूलो, व्यक्तिगत वा संस्थागत, प्रत्येक्ष वा परोक्ष रूपमा फैलिएको भ्रष्टाचारजन्य कार्यलाई नियन्त्रण गर्न तदनुसारको शिक्षानीति तर्जुमा गर्नुपर्ने हुन्छ । विश्वका सवै मुलुकहरूमा भ्रष्टाचार नियन्त्रणका लागि असल शिक्षानीति तर्जुमा गर्नुपर्ने हुन्छ । यसरी शिक्षानीति तयार गर्दा तीन क्षेत्रलाई प्रभावित गर्न सक्ने शिक्षानीति तयार गर्नुपर्ने हुन्छ । यी तीन क्षेत्र हुन् ः
१. व्यक्ति वा नागरिक निर्माण,
२. समूह वा समाज निर्माण,
३. राजनीतिक समूह वा राजनीतिक दल निर्माण ।
१. व्यक्ति वा नागरिक निर्माण ः
मानिस जन्मन्छ प्राणीका रूपमा । पछि उसले प्राप्त गरेको जानकारी वा सिकेको सिकोका कारणले उसले समाजमा आफ्नो स्तर निर्धारण गर्छ । यसरी मानवोचित ज्ञान वा व्यवहार प्राप्त गरेपछि मानिस समाजमा मानिसका रूपमा स्थापित हुन्छ । त्यो स्थापित मानिस नै समाजको उन्नति वा अवनतिको कारण बन्न सक्छ । त्यसैले व्यक्तिको ज्ञानको मापनका आधारमा व्यक्तिको योग्यता निर्धारण हुन्छ । भौतिक तथा आध्यात्मिक दुवै किसिमको ज्ञान व्यक्तिलाई दिनुपर्ने हुन्छ । भौतिक ज्ञानले उसको स्थूलशरीरलाई कसरी बचाउने र समाजको विकास कसरी गर्ने भन्ने सिकाउँछ भने आध्यात्मिक ज्ञानले उसको व्यक्तित्वको कसरी निर्माण गर्ने र समाजलाई सत्यको मार्गमा कसरी चलाउने भन्ने ज्ञान दिलाउँछ । यी दुवै भौतिक तथा आध्यात्मिक बाटो पहिल्याउने मूल तàव ज्ञान हो । व्यक्तिका लागि शिक्षानीति निर्माण गर्दा निम्नलिखित चार विषयलाई स्थापित गर्न सक्ने किसिमको नीति तर्जुमा गर्नुपर्छ ः
क) सदाचारी,
ख) सकारात्मक सोच,
ग) इमानदार,
घ) अनुशासित ।
क) सदाचारी ः
सदाचारी व्यक्ति वा नागरिकले मात्र समाजको विकासमा योगदान गर्न सक्छ । सदाचारको अर्को रूप नैतिकता पनि हो । नैतिक एवं सदाचारी व्यक्ति वा नागरिक निर्माण गर्न तदनुसारको शिक्षानीति तर्जुमा गर्न सक्नुपर्छ । शिक्षानीति तयार गर्दा पुस्तकको ज्ञान र व्यावहारिक ज्ञान दुवै किसिमको ज्ञान दिने व्यवस्था प्राथमिक स्तरदेखि नै हुने व्यवस्था गर्नुपर्छ । आचार, विचार र नैतिकताको ज्ञान प्रारम्भमा नै भयो भने बालककालदेखि नै सदाचारतर्फ व्यक्ति अभ्यस्त हुन सक्छ ।
ख) सकारात्मक सोच ः
सकारात्मक सोचले व्यक्तिको सर्वपक्षीय विकास गर्न सक्छ । सोच तथा विचारमा विचलन आयो भने व्यक्ति स्वयम् मात्र होइन, पूरा समाजलाई नै ध्वस्त बनाउन सक्छ । त्यसैले व्यक्ति तथा समाजको विकासका लागि सकारात्मक सोच अनिवार्य तàव सावित भएको हो । व्यक्तिको सकारात्मक सोचले व्यक्तिमा विवेक निर्माण गर्छ । विवेकशीलता प्रमुख मानवीय गुण हो । त्यसैले सकारात्मक सोच निर्माण गर्न सक्ने शिक्षानीति लागू गर्ने वा गराउने व्यवस्था हुनुपर्छ ।
ग) इमानदार ः
इमान मानिसको गुणतàवमै पर्छ । मानिसमा इमान हरायो भने मानिसका रूपमा कुनै पनि व्यक्ति समाजमा स्थापित हुन सक्तैन । इमानदारी मानिसको व्यक्तित्व विकासको राजपथ हो । जोसँग इमान छ, त्यो सबैका लागि स्वीकार्य हुन्छ । मानिसको जीवनमा इमानदारी कायम हुन सक्ने शिक्षाको प्रचार तथा प्रसार हुने व्यवस्था अपनाउनुपर्छ ।
घ) अनुशासित ः
अनुशासनको शिक्षा प्रारम्भिक समयमा नै दिन सकेको खण्डमा व्यक्तिले आफ्नो व्यक्तित्वको विकास गर्न सक्छ । मान्छेको गुणतàवभित्र अनुशासन रहेकै हुन्छ । त्यसलाई जीवन–पद्धतिमा वा व्यवहारमा ल्याउने साधारण तरिका मात्र अपनाए पनि मानिस अनुशासित हुन सक्छ ।
यी माथिका चार विषयलाई स्थापित गर्न सकेको खण्डमा व्यक्ति वा नागरिकमा विशेष चरित्र निर्माण भई महàवपूर्ण नतिजा निस्कन सक्नेछ, जुन व्यक्ति र व्यक्तित्व विकासका लागि अनिवार्य तàव हुन् । यी हुन् ः (१) समृद्धि, (२) सफलता, (३) उपलब्धि हासिल, (४) सुख तथा शान्ति ।
२. समूह वा समाज निर्माण ः
व्यक्ति वा नागरिक निर्माणका लागि शिक्षानीति आवश्यक भएजस्तै समुदाय तथा समाज–निर्माणका लागि पनि शिक्षानीति तर्जुमा गर्नुपर्ने हुन्छ । व्यक्तिको सोच तथा चरित्रमा विचलन आउन सक्छ र त्यस्तो विचलन आएको अवस्थामा समुदाय तथा समाजको असल वातावरणले सुधार गर्न सक्छ । त्यसैले समुदाय वा समाजमा असल वातावरण निर्माण गर्नका लागि निम्नलिखित विषय स्थापित हुन सक्ने शिक्षानीतिको विकास र विस्तार गर्नुपर्ने हुन्छ ः
क) नैतिक मूल्यको स्थापना,
ख) सहकारीको विकास,
ग) जिम्मेवारीबोध,
घ) विधिपूर्ण अवस्था ।
क) नैतिक मूल्यको स्थापना ः
समुदाय वा समाजमा नैतिक मूल्यको उतारचढावले सामाजिक समस्याहरू उब्जने गर्छन् । त्यसले पनि समाजमा सबै किसिमका मूल्यहरूले महàव राखेजस्तै नैतिक मूल्यले अझ विशेष महàव राखेको हुन्छ । यसको स्थायीत्व र सम्वद्र्धन हुन सक्ने अवस्थाको सृजना गर्न सक्नुपर्छ ।
ख) सहकारीको विकास ः
एकभन्दा बढी मिलेर गर्ने कामलाई सहकारी सिद्धान्तअनुसारको कार्य भनिन्छ । समुदाय तथा समाज–विकासमा सहकारीको सिद्धान्त अत्यन्तै सफल तथा उपयोगी सावित भएको छ । यसबाट मानिसमा मिलेर काम गर्नुपर्छ वा मिलेर काम गर्दा सफलता हासिल गर्न सकिन्छ भन्ने भावना पैदा हुन्छ, जो समुदाय तथा समाज–विकासमा लाभकारी हुन्छ ।
ग) जिम्मेवारीबोध ः
कुनै पनि राम्रो वा नराम्रो काम गरेको कार्यलाई जिम्मेवारी लिनु वा जिम्मेवारी लिनुपर्छ भन्ने जानकारी हुनु नै जिम्मेवारीबोधको अवस्था हो । समूहमा वा समाजको प्रत्येक एकाइले सामाजिक, आर्थिक र राजनीतिक आदि विषयमा गरेको र गर्ने कार्यमा जिम्मेवारीबोधको अवस्था रहनुपर्छ ।
घ) विधिपूर्ण अवस्था ः
विधिपूर्ण अवस्था भन्नाले परम्परादेखि चलेको रीतिस्थिति तथा संस्कृति, सामाजिक मूल्य तथा मान्यता एवं राज्यव्यवस्थाले प्रचलनमा ल्याएको कानुनको पूर्ण पालना हुनुपर्ने अवस्थालाई बुझ्नुपर्छ । त्यसैले विधिपूर्ण अवस्थाको पूर्ण पालना हुने अवस्थाको सृजना हुन सक्ने शिक्षानीति लागू गर्न सक्नुपर्छ, तब मात्र ठोस परिणाम पाउन सकिन्छ । ती हुन् ः (१) सार्वजनिक विकास, (२) आर्थिक सफलता, (३) सर्वपक्षीय उपलब्धि, र (४) सहज अवसर तथा स्वतन्त्रता ।
३. राजनीतिक समूह वा राजनीतिक दलको निर्माण ः
कुनै पनि मुलुकमा बसोबास गर्ने जनताको जीवनस्तर उठाउने तथा मुलुकको उन्नति गर्ने जिम्मेवारी त्यस मुलुकभित्र क्रियाशील रहेका राजनीतिक समूह वा राजनीतिक दलले लिएका हुन्छन् । त्यसैले राजनीतिक समूह वा राजनीतिक दल जनता र मुलुकको हित गर्न सक्ने भएमा मात्र त्यस्तो समूह तथा दल त्यस मुलुकमा स्थायी रूपमा क्रियाशील हुन सक्छन् । स्थायी रूपमा क्रियाशील हुन सक्ने राजनीतिक समूह वा राजनीतिक दलले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न सक्छन् । जहाँ राजनीतिक वातावरण स्थिर हुन्छ, त्यहाँका जनता र मुलुक दुवैको उन्नति हुन्छ । राजनीतिक स्थिर वातावरण कायम गर्न निम्नलिखित विषय पूर्ण रूपले परिपालना हुने अवस्था हुनुपर्नेछ ः
क) निश्चित सिद्धान्त,
ख) सेवामुखी भावना,
ग) जवाफदेहिता,
घ) असल शासनपद्धति ।
क) निश्चित सिद्धान्त ः
राजनीतिक समूह वा राजनीतिक दलमा निश्चित सिद्धान्त अवलम्बन गरी मुलुक र जनताको हित गर्ने योजनासहित प्रस्तुत भएको हुनुपर्छ । यसरी स्पष्ट रूपमा राजनीतिक सिद्धान्तलाई अङ्गिकार गरी प्रस्तुत हुने राजनीतिक समूह वा राजनीतिक दलले मात्र मुलुक र जनताको भलो गर्न सक्छ ।
ख) सेवामुखी भावना ः
विश्वको राजनीतिक परिप्रेक्ष्यमा देखिएका राजनीतिक समूह वा राजनीतिक दल दुई किसिमका उद्देश्य लिएर देखापरेका देखिन्छन् — (१) सत्ता कब्जा, (२) सेवाभाव । सत्ता कब्जा गर्ने उद्देश्यले क्रियाशील राजनीतिक समूह वा राजनीतिक दल क्षणिक रूपमा सफल देखिए पनि वास्तवमा असफल भएका हुन्छन् भने सेवाभावले पे्ररित भई क्रियाशील समूह वा दल सफल भएका हुन्छन् । त्यसैले सेवामुखी भावना भएको राजनीतिक समूह वा राजनीतिक दलले जनता र मुलुकको सेवा गर्ने मात्र होइन, मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकको सर्वतोमुखी विकास गर्न सक्छ ।
ग) जवाफदेहिता ः
कुनै पनि मुलुकमा क्रियाशील राजनीतिक समूह वा राजनीतिक दल त्यस मुलुकका जनता र राज्यव्यवस्थाप्रति पूर्ण जवाफदेही हुन सक्नुपर्छ । राजनीतिक समूह वा राजनीतिक दलमा संलग्न अगुवा, नेता तथा कार्यकर्ताहरू व्यक्तिगत रूपमा पनि जनता र मुलुकको अन्य संयन्त्रप्रति पूर्ण बफादार तथा जवाफदेही हुन सक्ने पद्धति स्थापित हुने अवस्था कायम गर्ने नीतिको विकास गर्न सक्नुपर्छ, तब मात्र जवाफदेहिताले स्थायीत्व कायम गर्न सक्छ ।
घ) असल शासनपद्धति ः
मूलतः कानुनी राज्यको अवधारणालाई अङ्गिकार गरी गरेको शासन–व्यवस्थालाई असल शासन–पद्धति भनिन्छ । तर वर्तमानको असल शासन–पद्धतिभित्र निम्नलिखित ६ तàव अनिवार्य भएको हुनुपर्छ ः
(१) कानुनी राज्यको अवधारणाअनुसारको राज्यव्यवस्था,
(२) भ्रष्टाचार नियन्त्रित समाजको स्थापना,
(३) सार्वजनिक उत्तरदायित्व कायम,
(४) जनतामा सूचनाको हकको सुनिश्चितता,
(५) पारदर्शिता,
(६) स्थानीय स्वायत्त शासन–प्रणाली ।
राजनीतिक समूह वा राजनीतिक दलको निर्माणका लागि माथि उल्लिखित आधार तयार हुनु आवश्यक छ । यी आवश्यक आधार नै कारण भएर निम्नलिखित परिणामहरू प्राप्त हुन सक्नेछन् । ती हुन् ः (१) समृद्ध समाजको निर्माण, (२) सफल राजनीति, (३) राजनीतिक स्थायीत्व, (४) शान्ति तथा सुव्यवस्था ।
यी आवश्यक तàव पूर्ण रूपमा स्थापित गर्नका लागि विशेष शिक्षानीतिको निर्माण गर्नुपर्छ ।
माथिको अध्ययनका आधारमा विश्वविख्यात शुभचिह्नलाई प्रयोगमा ल्याई हेरौँ ।
१. व्यक्ति वा नागरिक निर्माणको कारण तथा त्यसको परिणाम ः

कारण परिणाम
सदाचारी समृद्धि
सकारात्मक सोच सफलता
इमानदार उपलब्धि हासिल
अनुशासित सुख र शान्ति
२. समुदाय वा समाज–निर्माणको कारण तथा त्यसको परिणाम ः

कारण परिणाम
नैतिक मूल्य सार्वजनिक विकास
सहकारिता आर्थिक सफलता
जिम्मेवारी वोध सर्वपक्षीय उपलब्धि
विधिपूर्ण अवस्था सहज अवसर तथा स्वतन्त्रता
३. राजनीतिक समूह वा राजनीतिक दलको निर्माणको कारण तथा त्यसको परिणाम ः

कारण परिणाम
निश्चित सिद्धान्त समृद्ध समाज निर्माण
सेवामुखी भावना सफल राजनीति
जवाफदेहिता राजनीतिक स्थायित्व
असल शासन पद्धति शान्ति तथा सुव्यवस्था
माथिका शुभचिह्नहरूलाई आधार बनाई नागरिक, समाज र राजनीति यी तीनै पक्षका आवश्यक कारणलाई आधार बनाई चल्न सक्ता निस्कने परिणामलाई हे¥यौँ । यिनै विषयप्राप्तिका लागि शिक्षानीति तर्जुमा भएको खण्डमा त्यसबाट निस्कने परिणाम अत्यन्तै लाभदायी हुने रहेछ भन्ने पनि बुझ्यौँ । माथि प्रस्तुत भएको शुभचिह्न केन्द्रलाई दाहिने पारेर निरन्तर आफ्नो धुरीमा घुमिरहन्छ । यसरी घुमिरहनु भनेको विषयलाई निरन्तरता दिनु हो । यसले विषयलाई जीवन्तता दिएको हुन्छ । त्यसैले यो शाश्वत हो र सत्य हो । यसैअनुसार भ्रष्टविरोधी शास्त्रलाई आवश्यक शिक्षानीति पनि समयानुसार परिवर्तित हुँदै निरन्तरता पाएको हुनुपर्छ, तब मात्र सार्थक परिणामको अपेक्षा गर्न सकिन्छ ।